arrow

बजेटको राम्रा पक्ष कार्यान्वयन, कमजोर पक्ष सुधार गर्नुपर्छ: कांग्रेस सांसद राजभण्डारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
sapana-rajbhandari.jpg

काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सपना राजभण्डारीले बजेटका राम्रा पक्षहरूको कार्यान्वयन गर्नुपर्ने र कमजोर पक्षहरूमा सुधार ल्याउनुपर्ने बताएकी छिन्। प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेकी हुन्।

सांसद राजभण्डारीले कुनै पनि बजेट पूर्ण रूपमा नराम्रो नहुने बताउँदै बजेटका सबल र दुर्बल दुवै पक्ष हुने उल्लेख गरिन्। उनले भनिन्, "बजेटको राम्रा पक्षको कार्यान्वयन र कमजोर पक्षको सुधार गर्नुपर्छ भन्ने ठान्दछु।"

उनले बजेट जुटाउनु र त्यसलाई सही ढंगले खर्च गर्नु महत्त्वपूर्ण रहेको बताइन्। उनले आगामी आर्थिक वर्षको बजेटले उद्योग वाणिज्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको दाबी गरे पनि उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि र युवा केन्द्रित रोजगारी सिर्जनामा जोड दिए पनि विगतका बजेटहरू जस्तै ठूलो आश्वासनले घेरिएको बताइन्। यसको कार्यान्वयनमा चुनौती रहेको पनि उनले औँल्याइन्।

सांसद राजभण्डारीको भनाइले बजेटको सैद्धान्तिक पक्षभन्दा त्यसको व्यावहारिक कार्यान्वयनमा जोड दिएको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ