arrow

नेपाली कांग्रेसद्वारा ३० दिने वातावरण तथा जलवायु परिवर्तन प्रशिक्षण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २ सोमबार
congress-jalbayu.jpg

काठमाडौँ । नेपाली कांग्रेसले वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी ३० दिने प्रशिक्षण कार्यक्रम शुरु गरेको छ।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच सो प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरिएको हो। शुभारम्भ कार्यक्रममा बोल्दै कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागका सभापति कल्याण गुरुङले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

गुरुङले पृथ्वी जोगाउनु सबैको कर्तव्य भएको भन्दै विनाशलाई पर्खिनुभन्दा असर न्यूनीकरणका लागि पहल गर्न जरुरी रहेको र त्यही उद्देश्यबाट यो कार्यक्रम शुरु गरिएको स्पष्ट पारे।

प्रशिक्षणमा सहभागीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिने तालिममा समेत सहभागी गराइने उनले जानकारी दिए। गुरुङले तालिम प्राप्त जनशक्तिलाई देशमा कतै जाँदा पनि वन, वातावरण र जलवायु परिवर्तनका विषयमा सिकाउनसक्ने गरी जानकारी दिइने बताए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ