arrow

बजेटमाथि छलफल

बजेटको आकार सन्तुलित छ - अर्थमन्त्री पौडेल [भिडियो]

राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
bishnu-poudel-03-01.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटको आकार सन्तुलित रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उनले यस्तो दाबी गरेका हुन्। अर्थमन्त्री पौडेलले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।

उनले अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको बताए। आम्दानीको मुख्य स्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको उनको भनाइ छ।

अर्थमन्त्री पौडेलले भने, "बजेटको आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ। पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको छ। अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब ४ अर्बले वृद्धि गरिएको छ। आम्दानीको मुख्य स्रोत राजश्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको छ।"

उनले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रस्ताव गरिएको पनि बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ