arrow

बसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३१ शनिबार
accident-final.jpg

मकवानपुर । हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् । 

शनिबार अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो । 

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ