arrow

असार १५ लाई बोलायो कांग्रेसले केन्द्रीय समिति बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
congress-party-office-05-16.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ । आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको हो ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औँ महाधिवेशनको तयारी लगायतको विषयमा छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ