अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली आइपुगे काठमाडौँ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २६ सोमबार
896
Shares
काठमाडौँ। अध्यागमन कानून उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली आइतबार राति काठमाडौं आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेका उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको थियो। डिपोर्ट गरिएका नेपालीमध्ये ३२ पुरुष र ५ महिला रहेका छन्।
नेपाल आइपुग्दा उनीहरूको अवस्था कारुणिक देखिएको थियो । उनीहरूमध्ये अधिकांशले बोरा बोकेर फर्केए भने कोही रित्तो हात फर्किएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरूमाथि कडाइ गर्दै आएको छ।
भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरूलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ।