arrow

भ्रष्टाचारको लहरो

टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ विरुद्ध साढे ३३ करोडको भ्रष्टाचार मुद्दा [विवरणसहित]

को को हुन् १८ जना ? १५ टेलिकमका कर्मचारी र तीन चिनियाँ कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
sangita-pahadi-aryal-teleco.jpg

काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी र पौडेलसहित १८ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

अख्तियारले उनीहरुविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो माग दाबी गरेको छ । बिगो बमोजिम कैद र जरिबानासमेत माग दाबी गरिएको छ । 

पहाडी र पौडेलसँगै तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य भन्ने प्रतिभा श्रेष्ठ, तत्कालीन प्रमुख वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपनिर्देशक राजीवकुमार केसी, तत्कालीन उपप्रबन्धक सन्तोषकुमार श्रेष्ठ, तत्कालीन उपनिर्देशक नवल चौधरी रहेका छन् । 

त्यस्तै तत्कालीन उपप्रबन्धक मुक्तिप्रसाद अर्याल, तत्कालीन उपप्रबन्धक हेमप्रभा कर्ण भन्ने हेमप्रभा रामप्रताप कर्ण, तत्कालीन उपप्रबन्धक परमात्मा भट्टराई रहेका छन् । 

साथै चिनियाँ तीन कम्पनी पनि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ