arrow

भिजिट भिसा प्रकरणको समग्र छानबिन नभएसम्म संसद नखुल्ने माओवादी केन्द्रको अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
hitraj-pandey-22.jpg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन गर्न सरकार तयार नभएसम्म संसदको गतिरोध अन्त्य नहुने स्पष्ट पारेका छन्।

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक पाण्डेले यस्तो टिप्पणी गरेका हुन्। उनले भिजिट भिसा प्रकरणमा विभिन्न एजेन्सीहरूको समेत संलग्नता देखिएको उल्लेख गर्दै छानबिनका लागि सरकार तयार हुनुपर्ने बताए।

पाण्डेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही कर्मचारीमाथि छानबिन गरिरहेको भए पनि मानव तस्करीको व्यापक सञ्जालबारे उच्चस्तरीय छानबिन हुनुपर्नेमा जोड दिए।

"सुशासनको मुद्दामा त सबै एकै ठाउँमा हुनुपर्‍यो नि। भिजिट भिसामा त नेपालका धेरै जनता जानुहुन्छ नि। त्यहाँ गैरकानूनी ढंगले जाने विषयवस्तु जुन व्यापक रुपमा आइरहेको छ यो उठाउन खोजेको हो हामीले," पाण्डेले भने, "त्यही विषयमा छानबिन समिति बनाऔँ भन्ने हाम्रो माग हो। उहाँहरू अख्तियारले त छानबिन गराइहाल्छ नि भन्नुहुन्छ। त्यो त एक-दुई कर्मचारीको विषयमा छानबिन भइरहेको होला। तर भिजिट भिसामा त विभिन्न एजेन्सीहरू पनि लागे भन्ने छ नि। त्यसको लागि भिजिट भिसाको आवरणमा भइरहेको मानव तस्करीको समग्रतामा छानबिन हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।"

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै संसद अवरुद्ध गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ