arrow

विधेयकको विरोधमा कर्मचारी संगठनद्वारा जेठ २५ देखि देशव्यापी आन्दोलनको घोषणा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
karmachari-andolan.jpg

काठमाडौं । संघीय निजामती सेवासम्बन्धी कतिपय प्रावधानहरूमा आपत्ति जनाउँदै कर्मचारीहरूले सिंहदरबार केन्द्रित धर्ना जारी राखेका छन्। नागरिक सेवामैत्री एवम् कर्मचारीमैत्री ऐन जारी गर्नुपर्ने भन्दै नेपाल निजामती कर्मचारी संगठनको अगुवाइमा कर्मचारीहरूले बिहीबार पाँचौँ दिन पनि धर्ना कार्यक्रम जारी राखेका हुन्।

कर्मचारीको वृत्ति विकास हुने खालको ऐन प्रस्ताव नगरिएको भन्दै कर्मचारीहरूले निरन्तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिँदै आएका छन्। नेपाल कर्मचारी निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष प्रभास शाहले जेठ २५ गतेदेखि आन्दोलनको स्वरूप परिवर्तन गरेर देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्।

उनले सिंहदरबारबाटै देश चलाइरहेको सरकारले सिंहदरबारभित्र राखेका आफ्ना मागहरू नसुनेको आरोप लगाए। उनको मुख्य माग संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने रहेको छ।

शाहले भने, "धर्ना कार्यक्रम गर्न लागेको आज पाँच दिन भयो। भोलिसम्म धर्नामार्फत सांकेतिक आन्दोलन गर्छौं। जेठ २५ गतेदेखि आन्दोलनको स्वरूप फेरेर देशभर आन्दोलन गर्छौं। हामी सिंहदरबारभित्र आन्दोलन गरिरहँदा र यही सिंहदरबारबाट देश चलाइरहँदा सरकारले हाम्रा कुरा सुनेको छैन। हामीले सुनाउन नसकेको हो कि सुन्न नचाहेको हो। त्यसकारण हामीले आगामी आइतबारदेखि आन्दोलनका नयाँ कार्यक्रमहरू ल्याउँछौँ। ऐन तत्काल जारी होस्। त्यो ऐन जारी गर्नको लागि हामीसँग पनि सल्लाह र समन्वय गरेर हाम्रा मागहरू पनि पूरा गरियोस्। आम कर्मचारी र सेवाग्राहीको भावना समेटेर सेवामैत्री र कर्मचारीमैत्री निजामती ऐन ल्याइयोस्।"

निजामती कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुपर्ने माग राख्दै कर्मचारीका ट्रेड युनियनहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ