arrow

एमाले निकट कर्मचारी नेताको मनपरी, रामचन्द्र सुब्बासाबको रवाफ सचिवको भन्दा बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
ramchandra-adhikari-subba-uml.jpg

काठमाडौं । संघीय मामिला मन्त्रालयमा जाने हो भने अनौठो दृष्य देखिन्छ । जगेडामा थन्क्याइएका डेढ दर्जनभन्दा बढी सहसचिवहरु बस्ने कोठा नपाएर बरण्डामा बस्ने गर्छन् । उनीहरूको डयुटी बरण्डामा हुने गर्छ । 

उनीहरुको लागि गाडी सुविधा छैन । तर ११ वर्षदेखि आन्तरिक प्रशासनमा रजगज गरिरहेका नायब सुब्बा रामचन्द्र अधिकारीको रवाफ भने बेग्लै छ । अधिकारी एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको उपमहासचिव हुन् । 

कर्मचारी नेता भएकै कारण उनले छुट्टै र विशेष सुविधा पाएका छन् । उनी ११ वर्षदेखि संघीय मामिला मन्त्रालयम छन् । त्यो पनि आन्तरिक प्रशासनमा । उनको लागि छट्टै कोठाको व्यवस्था गरिएको छ । उनले टेरस ब्राण्डको महङ्गो गाडी (गाडी नम्बर ब एए–५३५१) चढ्ने गर्छन् । नायब सुब्बा सरहका कर्मचारीको लागि आन्तरिक प्रशासन सबैभन्दा आकर्षक शाखा हो । उनले त्यही शाखा रोज्ने गरेका छन् । 

केही महिनाअघि मन्त्रालयले आन्तरिक प्रशासनबाट वातावरण शाखामा उनलाई सरुवा गरेको थियो । तर निजामती कर्मचारी संगठनको आडमा उनले आफ्नो सरुवा रद्द गराए । उनको सरुवा रद्द गराउन नेपाल निजामती कर्मचारी संगठनका नेताहरु डेलिगेशन नै लिएर सामान्य मन्त्रालयमा सचिव सुरेश अधिकारीसम्म पुगेका थिए ।  

अधिकारीको रुवाफ यतिमात्र छैन । उनले आफ्ना सालाहरुलाई पनि आकर्षक कार्यालयमा सरुवा गराएका छन् । उनका एक जना साला गणेश केसी विगत १० वर्षदेखि यातायात कार्यालय तीनकुनेमा कार्यरत छन् ।

यो अवधिमा उनले काठमाडौमा महङ्गो घर र आफ्नो निजी गाडी जोडिसकेका छन् । त्यहाँ कार्यरत अन्य कर्मचारीहरु भने अधिकारीको रवाफ देखेर वाक्क हुने गर्छन् । 

त्यसो त कर्मचारी नेताको आडमा वर्षौंसम्म एउटै कार्यालयमा बसेका अधिकारी एक्ला भने होइनन् । कर्मचारी नेताहरु सधैभर काठमाडौंमा, त्यो पनि आकर्षक कार्यालयमा बस्ने गर्छन् । 

उनीहरुलाई कार्यालय जानु पर्दैन । सरुवामा उनीहरुले कोटा पाएका छन् । सरकारले सिंहदरबार वरिपरि एक–एक रोपनीको दरले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेसवादी पार्टीसँग निकट कर्मचारी संगठनको लागि जग्गा उपलब्ध गराएको छ । 

सरकारबाट भोगाधिकार लिएको उक्त जग्गामा कर्मचारी संघ, संगठनहरुले आ–आफनो भवन बनाएका छन् । मधेसी कर्मचारी मञ्चले बनाएको भवनमा लोकतान्त्रिक समाजवादी पार्टीले कब्जा गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ