arrow
ADVERTISEMENT

प्रधानमन्त्रीको अभिव्यक्तिबाटै राष्ट्रिय संकट शुरू भयो : बादल [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २७ बुधबार
rambahadur-thapa-27-02.jpg

काठमाडौँ। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले देश गम्भीर राष्ट्रिय संकटमा फसेको भन्दै यसको स्रोत, कारण र समाधानबारे ठोस र गहिरो विश्लेषण आवश्यक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान राजनीतिक संकटको निकास खोज्न संसद् एक साताभन्दा बढी समयदेखि अवरुद्ध रहेको र सदनभित्र निरन्तर राजनीतिक संघर्ष जारी रहेको बताए ।

थापाले संकट कसरी उत्पन्न भयो, यसको वास्तविक स्रोत के हो र समाधान कसले तथा कसरी गर्न सक्छ भन्ने विषयमा स्पष्ट विश्लेषण नगरी देशलाई निकास दिन नसकिने धारणा राखे ।

उनले भने, ‘आज देश गम्भीर राष्ट्रिय संकटको भूमरिमा फसेको छ। यो संकटको निकासका लागि हप्तादिनभन्दा बढी सदन अवरुद्ध भएको छ। सदनभित्र संघर्ष चलिरहेको छ। संकट कसरी पैदा भयो, यसको स्रोत के हो भन्ने ठोस विश्लेषण नगरी निकास सम्भव हुँदैन।’

थापाका अनुसार वर्तमान संकट दुई प्रमुख परिघटनाबाट उत्पन्न भएको एमालेको निष्कर्ष रहेको छ ।

पहिलो घटना जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्तिसँग सम्बन्धित रहेको उनले बताए ।

उनले भने, ‘जेठ १७ गते सम्माननीय प्रधानमन्त्रीले यही रोस्ट्रमबाट नेपालले भारतको धेरै जग्गा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभयो। यही घोषणा र अभिव्यक्तिबाट संकट उत्पन्न भएको हाम्रो ठहर छ।’

थापाले उक्त अभिव्यक्ति एक विशेष राजनीतिक सन्दर्भमा आकस्मिक रूपमा संसद्मा प्रस्तुत गरिएको भन्दै त्यसले गम्भीर सन्देश प्रवाह गरेको दाबी गरे ।

उनले संकटको समाधानका लागि यसको कारण र पृष्ठभूमिबारे गहिरो समीक्षा आवश्यक रहेको पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ