arrow

निजामती कर्मचारीको चुनावी सरगर्मी बढ्यो, यी छन् चर्चामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १९ बिहिबार
248366959_780944903297367_2547306985508084336_n (1).jpg

काठमाडौं । यही फागुन २१ देखि २३ गतेसम्म हुने नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको महाविधेशनको सरगर्मी ह्वात्तै बढेको छ । कांग्रेस निकट कर्मचारीहरुले महाविधेशनबाट नयाँ नेतृत्व चयन गर्दैछन् । 

नेतृत्वमा आउन दुई वटा समूहले प्रचार प्रसार व्यापक बनाएका छन् । एउटा समूहको नेतृत्व युनियनका वर्तमान अध्यक्ष गोपाल पोखरेल र अर्को समूहको नेतृत्व वर्तमान वरिष्ठ उपाध्यक्ष सुरेन्द्रप्रसाद अधिकारीले गर्दैछन् । यद्यपि दुवै पक्षले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेको छैन । 

शुक्रबारसम्म औपचारिक घोषणा गर्ने दुवै पक्षको तयारी छ । व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने क्रम भने जारी छ । नेतृत्वमा आफूलाई दोहोर्याउन देशभरबाट दबाब आइरहेको भन्दै पोखरेलले भने, ‘साथीहरुको भावनाबाट बाहिर जान सक्दिन ।’ आफ्नो ४ वर्षको कार्यकालमा कर्मचारीहरुको हकहितको लागि धेरै काम गरेको उनले दाबी गरे । 

अध्यक्षको उम्मेदवारी घोषणा गरेका अधिकारीले कर्मचारीहरुको हक हित र संगठनको सुदृढीकरण गर्न आफ्नो पक्षलाई जिताउन अपिल गरेका छन् । ‘युनियनको संस्थागत विकास र कर्मचारीहरुको हितको लागि मैले उम्मेदवारी दिएको हुँ’ उनले भने ।  

पोखरेल समूहबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कटुवाल, खुला उपाध्यक्षमा यज्ञ वली, महिला उपाध्यक्षमा निर्मला शर्मा तथा उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट दीपक मिश्र, गण्डकीबाट दीपक रेग्मी, लुम्बिनीबाट मदन गौतम तथा कर्णालीबाट चन्द्र खड्का रहरि क्षेत्री मध्येबाट एक जनाले उम्मेदवारी दिने भएका छन् । यसैगरी सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशीले उम्मेदवार दिने भएका छन् । 

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका कटुवालले भने, ‘उपाध्यक्ष भएको बेला साथीहरुको लागि मैले गरेको काम नै मेलै चुनाव जित्ने आधार हो ।’ कर्मचारीहरुको लागि आफू दिनरात खटिएको उनले बताए । 

वरिष्ठ उपाध्यक्ष पदमा अधिकारी समूहबाट उम्मेदवारी घोषणा गरेका सुवास कोइरालाले भने, ‘कर्मचारी साथीहरुलाई अन्याय पर्न नदिन र युनियनलाई बलियो बनाउन मेरो उम्मेदवारी हो ।’

खुला उपाध्यक्षमा पोखरेल समूहबाट उम्मेदवारी दिएका यज्ञ वलीले आधिकारिक टे«ड युनियनको निर्वाचनमा युनियनलाई बलियो उपस्थिति गराउन तथा कर्मचारीहरुको हक हित र अधिकारको लागि आफूले लड्ने प्रतिबद्धता जनाए । 

यसैगरी पोखरेल समूहबाट महासचिवमा दुर्गा फुयाल तथा उपमहासचिवमा ईन्दु शर्मा र गणेश भण्डारीले उम्मेदवारी दिने भएका छन् । पोखरेल प्यानलबाट खुला सचिवमा भरत मैनाली, जगत पाठक, कुलप्रसाद भट्टराई, कृष्ण सेजुवाल, दिनेश पोखरेल, झविन्द्र पोखरेल, हरि क्षेत्री, पोषण थापा लगायतले उम्मेदवारी दिने भएका छन् । 

फुयाल यसअघि उपमहासचिव थिए । तर महासचिवको अनुपस्थितिमा फुयालले महासचिवको हैसियतमा काम गरेका थिए । जसको प्रशंसा पनि भएको थियो । सोही आधारमा उनले साथीहरुको अपेक्षाअुनसार नै महासचिवमा उम्मेदवारी दिने बताएका छन् । 

यसैगरी पोखरेल समूहबाट कोषाध्यक्षमा सुशिल बास्तोलाले उम्मेदवारी दिने भएका छन् । पोखरेल समूहबाट वर्तमान केन्द्रीय सदस्य भुपेन्द्र अधिकारीले युवा सचिवमा उम्मेदवारी दिने भएका छन । यस समूहबाट हरिचन्द तिवारीले केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । सचिवमा उम्मेदवारी घोषणा गरेको झविन्द्र पोखरेलले आफ्नो पक्षमा माहोल बढेको बताए । 

यता, अधिकारी समूहबाट महासचिव पदमा उम्मेदवारी घोषणा गरेका जनकबहादुर रावलले देशव्यापी रुपमा प्रचार प्रसार अभियान तीब्र बनाएका छन् । आफू विजय हुनेमा शंका नभएको उनले बताए । 

अधिकारी समूहबाट उपाध्यक्षमा प्रदेश १ बाट तोया तिमिल्सना, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट एकनारायण काफ्ले, गण्डकीबाट कष्ण अर्याल, लुम्बिनीबाट नारायण लम्सालको नाम टुंगो लगाएको छ । 

यसैगरी अधिकारी समूहबाट कोषाध्यक्षमा प्रयास घिमिरे तथा सचिवमा दिवाकर शर्मा, प्रकाश भट्टराई, युवराज न्यौपाने तथा धिरेन्द्र सुवेदीले उम्मेदवारी दिने भएका छन् ।

उपमहासचिवमा सूर्य चापागाई र देवराज सापकोटाले उम्मेदावरी दिने भएका छन् । उपमहासचिवमा उम्मेदवारी घोषणा गरेका चापागाईले कर्मचारीहरुको हक हित र युनियनलाई बलियो बनाउन आफनो उम्मेदवारी केन्द्रित भएको बताए । 

युनियनको केन्द्रीय समिति ८५ सदस्यीय छ । निर्वाचनमा आफ्नो पूरै प्यानललाई जिताउन दुवै पक्ष सक्रिय भएर लागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ