arrow

सिंहदरबार नछिर्ने कर्मचारीको चेतावनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ६ बुधबार
singhadarwar.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयकको सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

निजामती कर्मचारीका विभिन्न ५ वटा ट्रेड युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ बैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न र आफूहरूसँग वार्ता गर्न माग गरेका छन् ।

सरकारले माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १९ बैशाखदेखिको विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै प्रवेश बहिस्कार गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ बैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

१९ बैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरुको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन् ।

त्यस्तै २० बैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ बैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरुको घोषणा छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ