arrow

कर्मचारीको राजनीति

कर्मचारी युनियन नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा, दुई वटा प्यानल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
karmachari-trade-union-co0ngress.jpg

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको नयाँ नेतृत्वको लागि मतदान हुँदेछ । मतदान बिहान ११ः३० देखि शुरु हुँदैछ । नेतृत्वका लागि तीन जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

युनियनका वर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेल तथा वरिष्ठ उपाध्यक्ष सुरेन्द्रकुमार अधिकारीले आ–आफ्नो प्यानल बनाइ उम्मेदवारी घोषणा गरेका छन् । युनियनका पूर्व महासचिव तथा आधिकारिक टे«ड युनियनका केन्द्रीय वर्तमान सदस्य तथा कर्णाली प्रदेशका प्रदेश संयोजक सुशील केसीले भने प्यानल नबनाइ अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । 

अध्यक्षका उम्मेदवारहरुले आफू विजयी हुने दाबी गरेका छन् । प्यानल नबनाएका केसीले युनियनभित्र अराजकता मौलाउन सक्ने अवस्था आएपछि तत्काल आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।  

गोपाल पोखरेलले देशभरका युनियन प्रतिनिधिहरुको सुझाव बमोजिम आफूले उम्मेदवारी दिएको बताउँदै अत्यधिक बहमुतले आफू विजय हुने बताए । 

यता, सुरेन्द्र अधिकारीले आफू र आफ्नो प्यानल अत्यधिक भोट ल्याएर विजय हुनेमा शंका नभएको दाबी गरे । 
 
पोखरेल प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तमकुमार कटुवाल, खुला उपाध्यक्षमा यज्ञबहादुर वली, प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट दिपक मिश्र, गण्डकीबाट दिपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का तथा सुदूर पश्चिम प्रदेशबाट चेतराज जोशीले उम्मेदवार दिएका छन् । 

यसैगरी पोखरेल प्यानलबाट संघीय उपाध्यक्षमा तेजकुमार केसी, जनजाति उपाध्यक्षमा मनोज सुुनवार, पिछडिएको क्षेत्रबाट उपाध्यक्षमा कृष्ण सेजुवाल, श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला, महासचिवमा दुर्गा फुयाल, उपमहासचिवमा गणेश भण्डारी र इन्दु शर्माले उम्मेदवार दिएका छन् । 

यसैगरी पोखरेल प्यानलबाट खुला सचिवमा कुलप्रसाद भट्टराई, जगत पाठक, झविन्द्र पोखरेल र भरत मैनालीले उम्मेदवारी दिएका छन् । यसैगरी युवा सचिवमा भुपेन्द्र अधिकारी, जनजाति सचिवमा छविन्द्र योञ्जन, मधेसी सचिवमा युगलकिशोर सिंह तथा कोषाध्यक्षमा सुशील बास्तोलाले उम्मेदवारी दिएका छन् । 

अधिकारी प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सुवासकुमार कोइराला तथा खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्लेले उम्मेदवारी दिएका छन् । यसैगरी प्रदेश उपाध्यक्षबाट प्रदेश १ बाट तोया तिमिल्सना, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट कृष्णप्रसाद अर्याल, लुम्बिनीबाट नारायणप्रसाद लम्साल, कर्णालीबाट नृपजंग शाही र सुदरपश्चिम प्रदेशबाट धर्मबहादुर देउवाले उम्मेदवारी दिएका छन् । 

मधेसी उपाध्यक्षबाट शिवनारायण यादव, जनजाति उपाध्यक्षमा पुरण गुरुङ, श्रेणीविहीन उपाध्यक्षमा शंकर पुरीले उम्मेदवारी दिएका छन् । 

अधिकारी प्यानलबाट महासचिवमा जनकबहादुर रावल तथा उपमहासचिवमा देवराज सापकोटा र सूर्यचापागाईले उम्मेदवारी दिएका छन् । यसैगरी खुला सचिबमा दिवाकर शर्मा, प्रकाश भट्टराई, युवाराज न्यौपाने र धिरेन्द्रराज सुबेदीले उम्मदेवारी दिएका छन् । यसैगरी युवा सचिवमा तेजेन्द्र कँडेलले उम्मेदवारी दिएका छन् । मधेसी सचिवमा अजयलाल कर्णले उम्मेदवारी दिएका छन् । अधिकारी प्यानलबाट कोषाध्यक्षमा प्रयास घिमिरले उम्मेदवारी दिएका छन् । 

महिला उपाध्यक्षमा भने निर्मला शर्मा निर्विरोध भएको जानकारी गराइएको छ । केन्द्रीय सदस्यहरूमा प्यानल बनाइएको छैन । खुला केन्द्रीय सदस्यहरुम हरिचन्द्र तिवारी, पुन्य ढकाल, प्रविण झा,दयाराम शर्मा,बाबुराम शर्मा, प्रकाख खाती (विविध सेवाबाट) ले उम्मेदवारी दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ