arrow

निजामती कर्मचारी युनियनमा फेरि गोपाल पोखरेल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २४ मंगलबार
gopal-pokharel-nijamati-karmachari-president.jpg

काठमाडौं । नेपाल निजामती कर्मचारीको युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल दोहोरिएका छन् । सोमबार राति सकिएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा पोखरेल पुनः निर्वाचित भएका हुन् । उनले सुरेन्द्रकुमार अधिकारी र सुशील केसीलाई पराजित गरे ।

वरिष्ठ उपाध्यक्षमा उनकै प्यानलका उत्तम कटुवाल निर्वाचित भएका छन् । महासचिवमा जनकबहादुर रावल निर्वाचित भएका छन् । उनले सुरेन्द्रकुमार अधिकारी प्यानलबाट उम्मेदवारी दिएका थिए । 

अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, खुला उपाध्यक्ष तथा उपमहासचिवमा गोपाल पोखरेल प्यानल विजयी भएको छ भने महासचिवलगायत केही पदाधिकारीमा अधिकारी प्यानल विजय भएको छ । 

अध्यक्षमा विजयी भएपछि कुरा गर्दै अध्यक्ष पोखरेलले भने, ‘मेरो उद्धेश्य २ वटा विषयमा केन्द्रित हुनेछ । हामीले राखेका माग सम्बोधन हुने गरी संघीय निजामती सेवा ऐन ल्याउन पहल गर्ने र आगामी आधिकारिक टे«ड युनियनको निर्वाचनमा नेपाल निजामती कर्मचारी युनियनलाई पहिलो स्थानमा ल्याउनु मेरो उद्धेश्य हो ।’

खुला उपाध्यक्षमा यज्ञ वली विजयी भएका छन् । उनले गोपाल पोखरेल प्यानलबाट चुनाव लडेका थिए । प्रदेश उपाध्यक्षमा प्रदेश १ बाट मानबहादुर बन, मधेस प्रदेशबाट राजकिशोर राउत, बागमतीबाट श्रीराम लम्साल, गण्डकीबाट दिपक रेग्मी, लुम्बिनीबाट मदन गौतम, कर्णालीबाट चन्द्रबहादुर खड्का, तथा सुदूरपश्चिमबाट धर्मबहादुर देउवा विजयी भएका छन् । 

यसैगरी संघीय उपाध्यक्षमा तेजबहादुर केसी, जनजाती उपाध्यक्षमा पुरण गुरुङ, मधेसी उपाध्यक्षमा अशोक रौनियार, पिछडिएको क्षेत्रबाट कृष्ण सेजुवाल तथा श्रेणीविहीन उपाध्यक्षमा सोम कोइराला विजयी भएका छन् । 

यसैगरी खुला सचिवमा कुलप्रसाद भट्टराई, जगत पाठक, प्रकाश भट्टराई र झविन्द्र पोखरेल विजयी भएका छन् । कोषाध्यक्षमा प्रयास घिमिरे विजयी भएका छन् । केन्द्रीय सदस्यहरुको परिणाम भने दिउँसो आउने भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ