बजेट कार्यान्वयन हुनसके छ प्रतिशतको आर्थिक वृद्धिद्धर सम्भव - अध्यक्ष ढकाल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
564
Shares
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेटको सफल कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। उनले सुशासनबिना बजेटले अपेक्षित नतिजा दिन नसक्ने बताएका छन्।
सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी नेपालले आयोजना गरेको 'पोस्ट बजेटः अ होलिस्टिक डिसकर्स' कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बजेटमा उल्लेखित लक्ष्यहरू प्राप्त गर्नका लागि कार्यान्वयन पक्ष बलियो हुनुपर्ने बताए।
"बजेटमा आएको चिज इम्प्लिमेन्ट हुनुपर्यो। सबैभन्दा ठूलो कुरा सुशासन हो। सबै कुरा राम्रो गर्छौं तर यदि हामी सुशासन पालना गराउने, मेन्टेन गराउने कुरा भएन भने हामीले खोजेको रिजल्ट, अपेक्षा गरेको आर्थिक वृद्धिदर छ, जुन ६ प्रतिशतको आर्थिक वृद्धिदरको एजेम्सन गरिएको छ। मलाई लाग्छ, कार्यान्वयन हुनसके यो सम्भव छ," अध्यक्ष ढकालले भने।
उनले बजेटले उल्लेख गरेको खानीजन्य वस्तुहरूको आन्तरिक प्रयोग र निर्यात गर्ने कुराबाट सरकार पछाडि हट्न नहुनेमा पनि जोड दिए।