arrow

कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

संविधानको घेरा असंवैधानिक तरिकाले तोड्नु अनुचित - कांग्रेस [भिडियो]

सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
mahat-prakashsaran-19.jpg

काठमाडौं। नेपाली कांग्रेसले संविधानको घेरालाई असंवैधानिक तरिकाले तोड्न खोज्नु अनुचित भएको बताएको छ। पार्टीले यस विषयलाई सम्बन्धित पक्षले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिएको छ।

सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्। उनले नेपालको संविधान कसैले उपहार दिएको नभई नेपाली जनताले आफ्ना प्रतिनिधिहरूमार्फत निर्माण गरेकोले यसको रक्षा गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसको रहेको बताए।

डा. महतले अनुभवका आधारमा संविधानमा देखिएका त्रुटिहरूलाई सुधार गर्नुपर्नेमा जोड दिए। उनले त्रुटिहरूलाई समाधान गर्ने गरी संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्ने कुरा सरकारले गरिसकेको स्पष्ट पारे।

"यो संविधान कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैँले दिएको निर्माण गरेको संविधान हो। आफ्ना प्रतिनिधिहरूको माध्यमबाट निर्माण गरेको संविधान भएको हुनाले यो संविधानको रक्षा गर्ने जिम्मेवारी पनि हाम्रो हुन्छ," डा. महतले भने, "जति पनि विषयवस्तुहरू अनुभवको आधारमा सुधार गर्नुपर्छ जस्तो लाग्छ, त्यसको निक्र्यौल पनि जनप्रतिनिधिहरूको संस्था संसद्ले नै अगाडि बढाउँछ। त्यसो हुनाले हामीले संविधान संशोधनका विषयहरू अगाडि बढाउनुपर्छ भनेर सरकारले भनेको हो। संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो। सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ।"

कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता आगामी असारसम्म सम्पन्न गर्न पार्टीलाई सक्रिय बनाउने विषयमा पनि छलफल भएको छ। प्रवक्ता महतले पार्टीको केन्द्रीय कमिटीको बैठक छिट्टै बस्ने जानकारी दिए। उक्त बैठकमा गणतन्त्र, समावेशिता लगायतका संविधानले दिएका उपलब्धिहरूको रक्षा, पार्टीलाई सक्रिय बनाउने र आगामी दिनका आर्थिक रूपान्तरण लगायतका चुनौतीहरूको सामना गर्ने विषयमा छलफल गरिने उनले बताए।

उनले नेपाली कांग्रेस लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको पक्षधर रहेको भन्दै राजावादीहरूका गतिविधिहरूलाई सरकारले नरोकेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ