arrow

आर्थिक वर्ष २०८२/०८३ को बजेट 

स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन, टेकु प्रयोगशालाको स्तरोन्नति गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
health-ministry.png

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै यो जानकारी दिए।

अर्थमन्त्री पौडेलले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सबै प्रकारका नमुना परीक्षण हुने अन्तर्राष्ट्रिय स्तरको प्रयोगशालाका रूपमा स्तरोन्नति गरिने बताए। उनले प्रयोगशालाको स्तरोन्नतिका लागि पूर्वाधार विकास, यन्त्र उपकरण र जनशक्ति व्यवस्थापन गरिनेमा जोड दिए। यसबाट नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास उनले व्यक्त गरे।

साथै, उनले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथी, एक्युपञ्चर लगायतका वैकल्पिक उपचार पद्धतिलाई प्रवर्द्धन गरिने पनि बताए। सिंहदरबार वैद्यखानाको उत्पादन क्षमता विस्तार गरिने जानकारी पनि उनले दिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ