रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टन पुर्याइने, कारखाना स्थापनाको तयारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
599
Shares
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा रासायनिक मलको आपूर्ति बढाएर ६ लाख मेट्रिक टन पुर्याउने भएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा यो जानकारी दिए।
रासायनिक मलमा अनुदानका लागि २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री पौडेलले लगानी बोर्डमार्फत रासायनिक मल कारखाना स्थापना गर्न आवश्यक तयारी गरिने पनि बताए।
माटोको गुणस्तर कायम राख्दै उत्पादकत्व वृद्धि गर्नका लागि प्राङ्गारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ। यी कदमहरूले नेपालको कृषि उत्पादन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।