arrow

टेलिकमका कर्मचारीको निधनप्रति वर्कर्स युनियनबाट दुःख ब्यक्त 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १४ बुधबार
nepal-telecom-building.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । बाजुराको जगन्नाथ गाउँपालिका २ काँडाकोटमा मंगलबार भएको जीप दुर्घटनामा टेलिकमका तीन जना कर्मचारीहरुको निधन भएकोप्रति नेपाल टेलिकम वर्कर्स युनियनले दुःख व्यक्त गरेको छ । 

युनियनले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा धैर्यधारण गर्न शक्ति मिलोस् भनी समवेदना व्यक्त गरेको छ । 

 नेपाल टेलिकमको सेवा विस्तार तथा बीटीएस मर्मतमा खटिएका बाजुराका कार्यालय प्रमुख एवं नेपाल टेलिकम वर्कर्स युनियन सुदूरपश्चिम प्रादेशिक समितिका पूर्व सहसचिव लोकबहादुर खड्का तथा सुदूरपश्चिम प्रादेशिक निर्देशनालय इकाइ समिति अत्तरियाका अध्यक्ष कर्ण महता र गरुड सेक्युरिटिजमार्फत टेलिकममा सेवा गरेका गाडी चालक रविन्द्रबहादुर धामीको निधन भएको थियो । 

युनियनले सोही दुर्घटनामा घाइते भइ हाल नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नन्दराम तिरुवा र लोकेन्द्र तिरुवाको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउनसमेत युनियनले आग्रह गरेको छ । साथै घाइतेहरुको प्रभावकारी उपचारका लागिसमेत युनियनले जोड दिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ