पर्वतारोहणको प्रवर्द्धनमा सरकारको प्राथमिकता: पूर्वाधार, तालिम र वातावरणीय सुरक्षा – मन्त्री पाण्डे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
529
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार विकास, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री पाण्डेले पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएको बताए। उनले हिमालहरूको सुरक्षा सबैको साझा जिम्मेवारी भएको बताउँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए।
उनले जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य सङ्कटमा परेकोमा चिन्ता व्यक्त गरे।