अर्थमन्त्री पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १३ मंगलबार
481
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका छन्। सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका बेला अर्थमन्त्री पौडेलले शीतलनिवास पुगेर राष्ट्रपतिलाई भेटेका हुन्।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलका अनुसार, उनीहरूबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो। सरकारले जेठ १५ गते संवैधानिक व्यवस्था अनुसार करिब १९ खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। सरकारले आजै आर्थिक सर्वेक्षणसमेत सार्वजनिक गर्दैछ।