arrow

माओवादीले दुई पार्टीसँग एकता गर्ने, गृहमन्त्रीको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
prachanda-82-2-9-1.jpg

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीले एकता गर्ने भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवास खुमलटारमा आज (सोमबार) बसेको कार्यालयको बैठकले यी दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सोही निर्णयबमोजिम आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ।

बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरू भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी बनेको निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशको कास्कीमा पुगेपछि पहिलो चरणको अभियान सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले अब छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू हुने बताए।

"यो अभियान निकै नै प्रभावकारी भएको छ। जनताको उपस्थिति, आकर्षण गुणात्मक ढङ्गले बढिरहेको छ," उनले भने, "अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ संश्लेषण गर्न मजबुत आधार तयार गरेको छ।"

माओवादी केन्द्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएको 'भिजिट भिसा' प्रकरणमा गृह मन्त्रालयको नेतृत्व पनि जोडिएको विषय सार्वजनिक भएकाले स्वतनत्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ। "स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ," सापकोटाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ