arrow

कांग्रेस महाधिवेशन समयमै हुनेमा शंका, पदाधिकारी बैठकले क्रियाशील सदस्यता टुंग्याउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
congress-flag3.jpg

काठमाडौँ । क्रियाशील सदस्यता टुंगो लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले सोमबारका लागि पदाधिकारी बैठक बोलाएका हुन् । 

सोमबार बिहान ९ बजे बस्ने गरी बूढानीलकण्ठस्थित देउवा निवासमा सो बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्बन्धमा हालसम्म भएका प्रगतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको हो ।

पार्टी महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको क्रियाशील सदस्यताबारे समितिले सो विषयमा पदाधिकारी बैठकमा जानकारी गराउने छ ।

क्रियाशील सदस्यबारे टुंगो नलाग्दा पार्टीको महाधिवेशन यो वर्ष नहुने अवस्थामा पुगिसकेको छ ।

गत २०७८ साल मंसिरमा कांग्रेसको १४ औँ महाधिवेशन भएको थियो । त्यसको चार वर्षमा अर्थात् आगामी मंसिरभित्र महाधिवेशन हुनुपर्ने भए पनि कांग्रेसले त्यसको सुरसार गरेको छैन । 

समयमै १५ औँ महाधिवेशन गर्ने र नगर्नेमै कांग्रेसभित्र दुई धार स्पष्ट छ । 

एमालेसँगको मिलिजुली सरकार चलिरहेकाले आफूले सत्ता सम्हालेपछिमात्र महाधिवेशन गर्ने रणनीतिमा सभापति देउवा र उनको टिम रहेको छ भने महामन्त्रीद्धय थापा र विश्वप्रकाश शर्मा सहितको संस्थापन इतरको टिम समयमै महाधिवेशन गरेर संविधानको रक्षक र पालक कांग्रेस भएको उदाहरण पेश गर्नुपर्नेमा लागिपरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ