arrow

नागरिकमाथि गोली प्रहार माओवादी हिंसाको चरम कायरता: नेता सिटौला [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १० शनिबार
sitoula-.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारका नाममा आम नागरिकमाथि गोली प्रहार गर्नु तत्कालीन माओवादी हिंसाको चरम कायरता भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति स्वर्गीय खगेन्द्रराज रेग्मीको प्रथम स्मृति सभालाई सम्बोधन गर्दै सिटौलाले उक्त कुरा बताएका हुन्। उनले जनताको अधिकार र समाज विकासका लागि महत्वपूर्ण प्रभाव पार्न सक्ने व्यक्तिहरूमाथि गोली प्रहार गर्नु माओवादी हिंसाको चरम कायरताको प्रतीक भएको उल्लेख गरे। यस्ता घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले पनि गल्ती महसुस गर्ने गरेको र कतिपयले त गल्ती भएको स्वीकार गर्ने गरेको सिटौलाले बताए।

नेता सिटौलाले भने, "जनताको अधिकारको लागि, जिल्लामा जनताको अधिकारको लागि, समाज विकासको लागि महत्वपूर्ण प्रभाव खेल्नसक्ने मानिसमाथि उनीहरूको गोली प्रहार माओवादीको हिंसाको चरम कायरताको चिन्ह थियो त्यसबेला। यस्ता प्रकृतिका घटनाहरूबारे चर्चा गर्दा माओवादीका नेताहरूले गल्ती गरेको रियलाइज पनि गर्दछन्। कतिपय ठाउँमा गल्ती भएको छ भन्छन्। कति हृदयदेखि भन्छन्। कति हाम्रो सामुन्ने कुरा गर्दछन्। तर जे होस्, पञ्चायत कालदेखि जनताको अधिकारको लागि नेपाली कांग्रेस संगठित भएर लागेको छ।"
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ