arrow

मौसमविद्हरूको प्रक्षेपण

यस वर्ष बढी वर्षा र गर्मी हुने, तयारीमा नबसे ठूलो क्षति हुने चेतावनी [भिडियो]

सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ७ बुधबार
mansoon-year.jpg

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ। विभागले बुधबार ललितपुरमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” मा मौसमविद्हरूले यो प्रक्षेपण सार्वजनिक गरेका हुन्।

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलका अनुसार यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जानकारी दिइन्। 

यसैगरी, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको र यो पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशतसम्म हुन सक्ने उनले बताए। मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको उनको भनाइ थियो।

उनले भनिन्, “मनसुन ऋतुको वर्षाको आकलन चाहीँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ । यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ । मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ ।”  

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको सन्दर्भमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने र १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा नै हुने हुँदा यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिइन्। उनले यो अवधिमा पहिरो, बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकाले मनसुनअगावै तयारी अवस्थामा रहेको खण्डमा ज्यान र धनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरिन्।

उनले भनिन्, “नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने, १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनमा हुने हुनाले हामी यसको लागि तयारी भएर बस्नुपर्ने हुन्छ । यो बेलामा पहिरो जाने, बाढी आउने, धेरै जोखिम हुने, धनजनको क्षति हुने र धेरै विपद् आइपर्ने भएकोले यसको लागी तयार भएर बस्नुपर्ने हुन्छ । हामीले अगाडी नै एक्शन लियौँ भने ज्यान, धनको जोखिमलाई न्युनिकरण गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।”  

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ। विभागका अनुसार मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ