arrow

एकानब्बे वर्षीया ज्ञानमायाको तीन तलाबाट खसेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
Baglung_Nagarpalika.png

पोखरा । बागलुङमा घरकाे तीन तलामाथिबाट खसेर एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं ४ श्रीनटोलकी ९१ वर्षीया ज्ञानमाया खड्का छन् ।

बुधबार बिहान ४ः४५ बजे तेस्रो तलाको झ्यालबाट खसेर खड्काको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिलक भारतीले जानकारी दिए ।

खड्काको शव परीक्षणका लागि लागि धवलागिरि प्रादेशिक अस्पतालमा राखिएको भारतीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ