arrow

हामी आफ्नै आत्मरतिमा रमायौँ - सञ्जय गौतम [भिडियो]

दल र सरकारमा रहेका शीर्ष नेताहरूलाई राजनेताको भूमिका निर्वाह गर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २४ बुधबार
sanjaya-gautammm.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले सरकारले सुशासन दिन नसकेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले नेपाली राजनीति र दलहरूले इतिहास, परम्परा, संस्कृति र धर्म बिर्सिएको जस्तो देखिएको बताए । उनले जानुपर्ने पर्ने गन्तव्य अर्कैतिर भए पनि आफूहरू आफ्नै आत्मरतिमा रमाउँदा जनतामा छाएको निराशालाई सम्बोधन गर्न नसकिएको बताए । 

उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न नसकेको बताउँदै यसमा दल र सरकार विशेषले मात्र नभई राष्ट्रिय एकता निर्माण गर्नुपर्ने जिकिर गरे । उनले निषेधको बाटोबाट बाहिर निस्किएर आत्मरतिमा रमाउन छोड्नुपर्ने धारणा राखे । सांसद गौतमले मुलुकलाई राम्रो बाटोमा लैजाने कोसिस गरेको खण्डमा सोचेको नेपाल बनाउन सकिने बताउँदै अलमलमा परे कहीँ पुग्न नसकिने बताए । उनले दल र सरकारमा रहेका शीर्ष नेताहरूलाई राजनेताको भूमिका निर्वाह गर्न आग्रह समेत गरे । 

उनले भने, “हामीले इतिहास बिर्सिएको जस्तो, हामीले परम्परा बिर्सिएको जस्तो, हामीले संस्कृति बिर्सिए जस्तो, धर्म बिर्सिएको जस्तो देखिएको छ । हामी जानुपर्ने पर्ने गन्तव्य एकातिर छ, तर हामी आफैँ आफ्नै किसिमको आत्मरतिमा रमाएको अनुभूतिले गर्दा आम जनतामा छाएको निराशालाई सम्बोधन गर्न सकेका छैनौँ । हामीले सुशासन दिन सकेकै छैनौँ । भ्रष्टाचार नियन्त्रण गर्न सकेकै छैनौँ । यो कुनै दल विशेष, सरकारले विशेषले मात्रै गर्न सक्ने होइन, यसमा हामीले राष्ट्रिय एकता निर्माण गर्नुपर्छ । निषेधको बाटोबाट हामी बाहिर निस्किनुपर्छ । हामीले आत्मरतिमा रमाउन छोड्नुपर्छ । मुलुकलाई एउटा राम्रो बाटोमा लैजाने कोसिस गर्‍यौँ भने हामीले सोचेको नेपाल बनाउन सक्छौँ, होइन भने हामी यत्तिकै अलमलमै पर्‍यौ भने हामी कहीँ पनि पुग्न सक्दैनौँ । म हाम्रा नेताहरूलाई आग्रह गर्न चाहन्छु, राजनेताको भूमिका निर्वाह गरिदिनुस् ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ