नीति तथा कार्यक्रममा छलफल गर्न बस्दै कांग्रेस संसदीय दलको बैठक
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २० शनिबार
2.9k
Shares
काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्नेछ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम शुक्रबार संसदमा प्रस्तुत गरेपछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ ।
शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमका बारेमा अब निरन्तर छलफल हुनेछ ।