arrow

शिक्षकसँगको वार्ता सकारात्मक, छिट्टै टुंगोमा पुग्ने प्रयास

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
teachers-ministry-82-1-13.jpg

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासंघसँग सरकारले गरिरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको बताएका छन्। मन्त्री पन्तले मंगलबार राति मन्त्रालयमा सञ्चारकर्मीलाई जानकारी दिँदै शिक्षकहरूसँगको सहमति सम्भव भएसम्म छिटो टुंगो लगाउन सरकार प्रयासरत रहेको बताए।

वार्तामा शिक्षकहरू पनि सकारात्मक रूपमा प्रस्तुत भएको बताइएको छ। शिक्षामन्त्री पन्त र महासंघका पदाधिकारीबीच मंगलबार राति ८ बजेदेखि साढे १० बजेसम्म छलफल भएको थियो। वार्तामा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकको पनि सहभागिता थियो।

महासंगघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वमा शिक्षकहरूको टोली वार्तामा सहभागी भएको थियो। सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सोमबार भएको वार्ता सकारात्मक भएपछि मंगलबार पुनः छलफल भएको हो।

विभिन्न माग राख्दै शिक्षक संघ संगठनहरूले गत चैत २० गतेदेखि आन्दोलन गरिरहेका छन्। यस आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०८२ को सुरुवातदेखि नै पठनपाठन प्रभावित भएको छ। सरकारले शिक्षकहरूसँग सहमति गरी विद्यालयहरूमा पठनपाठन सुचारु गर्ने प्रयास गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ