arrow

उद्योगीहरुसँग कांग्रेसको छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
deuba-congres82-1-15.jpg

काठमाडौँ । नेपाली कांग्रेसले उद्योगी व्यापारीहरुसँग बजेटका सम्बन्धमा छलफल गरेको छ । नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागको आयोजनामा कांग्रेसले उद्योगीहरुसँग छलफल गरेको हो । 

अन्तरक्रियामा सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्दै पार्टी उद्योगीहरुकै भएको बताए । नेपालमा उद्योग बढाउन र हकहितका लागि पार्टीले लड्दै आएको बताए ।

उपसभापतिद्धय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, प्रवक्ता डा प्रकाशचन्द्र महत, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, चेम्बर अफ कमर्शका कावा अध्यक्ष दीपक मल्होत्रा, नेपाल परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका पदाधिकारीहरु उपस्थित रहेका छन् । 

कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठको अध्यक्षतामा भइरहेको कार्यक्रममा श्रेष्ठले कांग्रेस उद्योगी व्यवसायीहरुको हकहितका लागि लड्ने पार्टी भएको बताए । 

उनले निजी क्षेत्रलाई नै विकासको आधार ठानेकोसमेत उनले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ