काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गठन भएको दश महिनासम्म सरकारकले विचौलियको संरक्षण र प्रतिपक्षी दलहरूसँग प्रतिशोध साँध्नेबाहेक केही गर्न नसकेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले धितो पत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको उनको भनाइ छ ।
उनले सरकारले विचौलियको हितमा काम गरिरहेको छ भन्दा आफूहरूलाई सरकारबाट हट्दाको छटपटी भनियो भन्दै आक्रोश व्यक्त गरे । उनले प्रतिपक्षीले मात्र नभई आम नेपाली नागरिकले समेत वर्तमान सरकार दलाल, बिचौलिया र स्वार्थ समूहको सरकार भनिरेको उल्लेख गरे ।
उनले भने, ‘१० महिनासम्म सरकारले दलाल र बिचौलियाहरूको संरक्षण र प्रतिपक्षी दल र नेताहरूसँग प्रतिशोध साँध्ने बाहेक सरकारले केही गरेको छैन । धितो पत्र बोर्ड, बीमा प्राधिकरणजस्ता नियामक निकायमा भएका नियुक्ति र स्वार्थ समूहले आफ्नो प्रतिनिधिलाई राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गर्न गरिरहेको चलखेल दिनको घाम जत्तिकै छर्लङ्ग भएको छ । हामीले यो सरकारको विचौलियको हितमा काम गरिरहेको छ भन्दा सरकारबाट हट्दाको छटपटी भनियो । आज हामीले मात्र होइन घरघरमा, सार्वजनिक मञ्चमा र सबैतिर सरकारले यो सरकार बिचौलि, दलाल र स्वार्थ समूहको सरकार भनिरहेका छन् ।’