arrow

नेतृत्व विश्वासिलो भए गाह्रो काम पनि सम्भव हुन्छ - उपप्रधानमन्त्री सिंह [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
prakashman-01-07.jpg

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए । 

उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गर्नुभयो । उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने बताए ।  

उनले भने, “राम्रो काम गर्न गाह्रो चाहिँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ । ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले गर्‍यो भने सम्भव हुन्छ ।”  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ