arrow

करेन्ट लागेर युवकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
baglung_district.png

बागलुङ । बागलुङमा करेन्ट लागेर आज साँझ एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा बागलुङ नगरपालिका वडा नं ४ ढोडेनीका १७ वर्षीय शिव थापा मगर छन् । 

जिल्ला प्रहरी कार्यालय बागलुङमा अनुसार बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि धौलागिरि अस्पताल पुर्‍याइएकामा चिकित्सकले मृत घोषणा रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए । 

थापाको शव परीक्षणका लागि अस्पतालमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी यादवले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ