arrow

पत्रकारद्वय अधिकारी र लोहनी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
patrakar-82-01-05.jpg

काठमाडौँ । ‘सञ्चारिका अग्रणी सम्मान २०८०’ पत्रकार डा हरिकला अधिकारी र उषा लोहनीलाई प्रदान गरिएको छ । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनका अवसरमा आज सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुवै जनालाई उक्त पुरस्कार प्रदान गरे । 
 
यस्तै, ‘सञ्चारिका समानता पुरस्कार, २०८०’ पत्रकार धनु विश्वकर्मालाई प्रदान गरिएको छ । हिमाल खबर पत्रिकामा प्रकाशित ‘छाउगोठमा महिनावारी बस्दा १७ वर्षमा १६ जनाको गयो ज्यान’ शीर्षकको फिचर समाचारका लागि विश्वकर्मालाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि रु २० हजार रहेको छ ।
 
सञ्चारिकाले ‘स्व उमा सिंह पत्रकारिता पुरस्कार २०८०’ धनुषाको जनकपुरबाट पत्रकारिता गर्दै आएकी पत्रकार सपनाकुमारी कर्णलाई प्रदान गरेको छ । उनी जनकपुरको अप्पन टिभीमा कार्यरत छिन् । पुरस्कारको राशि रु १० हजार रहेको छ ।
 
‘सञ्चारिका प्रोत्साहन पुरस्कार २०८०’ इन्डिजिनियस टेलिभिजनमा कार्यरत पत्रकार डोल्मा शेर्पा र रातोपाटी डटकममा कार्यरत सरिता थारुलाई प्रदान गरिएको छ । उनीहरू सबैलाई मन्त्री गुरुङले पुरस्कार प्रदान गर्नुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ