काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी र तथा मन्त्रीहरूको संयुक्त बैठक जारी रहेको छ। सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला कांग्रेसको यो आकस्मिक बैठक जारी रहेको हो ।
बैठक सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा जारी रहेको हो । केपी शर्मा ओली नेतृत्वको सरकारप्रति देखिएको असन्तुष्टिपछि कांग्रेसले नेताहरुलाई छलफलमा डाकेको हो ।
बुधबार बेलुकी दुई दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसे लगत्तै आज कांग्रेसले पदाधिकारी र मन्त्रीहरूको संयुक्त बैठक बोलाएको हो ।