arrow

हिलो खेलेर गरियो नयाँ वर्षलाई स्वागत [भिडियो] 

logo
युवराज रेग्मी,
प्रकाशित २०८२ वैशाख २ मंगलबार
hilo-parba.jpg

झापा । नयाँ वर्षको पहिलो दिन तराईका आदिवासीहरुले हिलो खेलेर शिरुवा पर्व मनाएका छ्न् । शिरुवा पर्व विशेषगरी  नेपालका थारु  समुदायमा मनाइने एक पर्व हो । 

यो पर्व थारूहरूकै मात्र नभई अन्य समुदायहरुले पनि ठूलो पर्वको रुपमा मनाउँदै आएका छ्न् । खासमा यो पर्व नयाँ वर्षको खुशीयालीमा मनाइने गरिन्छ ।
 

सिरुवा पर्वको शाब्दिक अर्थ–शीर्षस्थ अर्थात् वर्षको सबैभन्दा पहिलो पर्व अथवा  शुरुको पर्व  भन्ने हुन्छ । 

वर्षको सबैभन्दा पहिले हुने हुनाले थारू भाषामा शिरुवा पर्व  भनिएको हो। यसलाई जुड शीतल पनि भनिन्छ । थारू समाजमा ‘फगुवा उसारे आ शिरुवा पसारे’ भन्ने भनाइ (उखान) प्रचलित छ। 

यसको अर्थ हुन्छ पर्वको शुरुवात शिरुवाबाट हुन्छ र यसको अन्त्य फगुवा वा फागु पर्व पछि हुन्छ। यो पर्व बैशाखमा मनाइने हुनाले यसलाई वैशाखी  वा ूबाईस पर्व वा जुड शीतल पर्व पनि भनिन्छ। तराईमा बसोबास गर्ने आदिवासी थारु समुदाय लगायत राजबंशी, गनगाई, ताजपुरीया, धिमालको साथ साथै अन्य समुदायले पनि धुमधामसंग मनाउने गरेको पाइन्छ।

 यो पर्वलाई समय परिवर्तनको संकेतको रुपमा पनि लिने गरिन्छ ।

शिरुवा पर्वको अवसरमा आदिवासी समुदाय रहेका विभिन्न  स्थानहरुमा भेलाभएर हिलो खेलेर  एकआपसमा सदभाब बाड्ने परम्परा चली आएको छ ।  सोही अवसरमा पूर्वको झापा , मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा शिरुवा पर्व मनाइएको छ ।

मोरङ जिल्लाको सुनबर्सीमा पनि अघिल्ला वर्षहरुझैँ यस वर्ष पनि  वर्षभरि अन्न राम्रो फलोस्, बाढी, रोग, पशुचौपायाले दुःख नदेओस् भन्ने कामना गर्दै सुनबर्सी महाराजको पूजा  आराधना गरिएको छ । 

सुनबर्सी महाराजथान पूजाको अवसरमा उक्त स्थलमा प्रत्येक वर्षको बैशाख १ गते भन्य मेला लाग्ने गर्दै आएको छ । सोही अवसरमा यस वर्ष पनि उक्त स्थानमा भब्य मेला लागेको छ । 

उक्त मेला हेर्न मोरङ जिल्लालगायत झापा सुनसरि र छिमेकी देश भारतका विभिन्न स्थानहरुबाट मानिसहरु आउने गर्दछ्न् । 

त्यसैगरी झापाको कमल गाउँपालिका जिम्दार चोकमा पनि शिरुवा पर्वको अवसरमा महाराजाथानमा विशेष  पूजा गरिएको छ । पूजाको अवसरमा उक्तस्थानमा भन्य मेलासमेत लागेको मेला आयोजक समितिले जनाएको छ ।

यस्तै प्रकारको कार्यक्रम गौरादहको फकिरढिप तथा गौरीगन्जको कुन्जिबारीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको आयोजकहरुले जानकारी दिए ।

शिरुवापर्वकै अवसर पारेर कोशी प्रदेशले बैशाख २ गते सार्वजनिक बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ