arrow

धार्मिक यात्रा र पर्यटकीय उल्लासमा मनाइयो नयाँ वर्ष [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
salahes-flower-2082.jpg
तस्बिर –सिराहाको लहानस्थित सलहेश फूलबारी भित्रको हारमको रुखमा फुलेको सलहेश फूल, रासस ।

काठमाडौँ । सोमबार विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्ष मुलुकभर एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।

 वर्षको पहिलो दिनमा धेरैजसोले मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । सोमबार सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाउने प्राचीन कालदेखिको परम्परा छ । 

 हरेक व्यक्तिले सोमबार गत वर्ष गरेका कामको सफलता–असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् । 

सोमबार बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ ।
 
विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाएका छन् । साथीभाइ एवं इष्टमित्रसँग भेटघाट गर्ने, मठ मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य सोमबार दिनभरि देखिए ।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन् । सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । 

सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग सुरु भएको तीन हजार ४६ वर्षपछि विक्रम संवत् आरम्भ भएको हो । रासस

newyear-2082-01-01 (1).JPG
newyear-2082-01-01 (2).JPG
newyear-2082-01-01 (3).jpg
newyear-2082-01-01 (4).jpg
newyear-2082-01-01 (5).jpg
newyear-2082-01-01 (6).jpg
newyear-2082-01-01 (7).jpg
newyear-2082-01-01 (8).jpg
newyear-2082-01-01 (9).jpg
newyear-2082-01-01 (10).jpg
newyear-2082-01-01 (11).jpg
newyear-2082-01-01 (12).JPG
newyear-2082-01-01 (13).JPG
newyear-2082-01-01 (14).JPG
newyear-2082-01-01 (15).jpg
newyear-2082-01-01 (16).jpg
newyear-2082-01-01 (17).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ