arrow

चालीस तस्बिरमा २०८२ लाई फर्केर हेर्दा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १ मंगलबार
flashback-2082-archieve- (9).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । मंगलबारदेखि नेपाली नया वर्ष अर्थात् २०८३ शुरू भएको छ । २०८२ अरु वर्षहरु झैं सामान्य बितेको वर्ष पक्कै हैन । सामाजिक, राजनैतिक, आर्थिक अनि नेपाली स्वाभिमानको कदरको रुपमा पनि यस वर्षले धेरै कुराहरू हामीलाई उपहार दिदै अनि हरेक उपहारसँगका अनुभवहरू छाडेर गएको छ ।

केही तस्बिरहरु २०८२ नेपालीजनले सम्झिनुपर्ने, बिर्सिनु पर्ने अनेक राजनीतिक, सामाजिक, सांस्कृतिक तथा अन्य अनेक सम्झनाका बारेमा चर्चा गरौँ । २०८२ साल राजनीतिक हिसाबले त उतारचढावपूर्ण वर्ष रह्यो नै, अन्य क्षेत्रमा पनि सम्झन र बिर्सन लायक थुप्रै घटना दुर्घटना भए। जेन-जी आन्दोलनले राजनीतिक परिवर्तन भयो ।

संविधान बाहिरबाट सरकार बन्यो । त्यो असंवैधानिक सरकारले ६ महिनाभित्रै प्रतिनिधि सभाको चुनाव गराएर फेरि संविधानलाई लिकमा ल्याउन सफल भयो । जेन-आन्दोलनकारीलाई एकै दिन १९ जनालाई मारेको भन्दै जाँचबुझ आयोगको प्रतिवेदनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बालेन सरकारले पक्राउ गर्यो । तर मुद्धा चल्ने ठाउँ नभेटेपछि १३ दिनमा रिहा गर्यो । 

जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते एकैदिन अहिलेसम्मकै ठूलो क्षति भयो । सिंहदरबार जलाइयो । संसद भवन जलाइयो । सर्वोच्च अदालतसँगै सबैजसो जिल्लामा सरकारी कार्यालयहरू जलाइए । 

आर्थिक क्षेत्रमा ठूलो क्षति हुन पुग्यो । 

भाटभटेनीलगायत थुप्रै उद्योग व्यवसाय ध्वस्त पारिए । भदौ २४ को विध्व‌ंशले सबैभन्दा बढी प्रभावित भाटभटेनी सबैभन्दा छिटो उठ्यो पनि। आगलागीमा पूर्ण क्षति भएका धेरै आउटलेट सञ्चालनमा आइसकेका छन् ।

यो वर्ष विगतका वर्षहरुमा जस्तै सडक दुर्घटनाको नियति पनि बेहोर्नुपर्‍यो। खासगरी धादिङ बस दुर्घटना बिर्सनलायक घटना बन्यो। चरौंदीमा भएको दुर्घटनामा ३ विदेशीसहित १९ जनाले ज्यान गुमाए।

खेल क्षेत्रको कुरा गर्ने हो भने त्रिवि क्रिकेट रंगशाला फ्लड लाइटले सजियो र पहिलो पटक नेपालीहरुले रात्रिकालिन क्रिकेटको मजा लिन पाए। ख्यातिप्राप्त अन्तर्राष्ट्रिय खेलाडीहरुको आगमनले रौनक थपियो।

ब्रजिलका प्रख्यात फुटबल खेलाडी रोबर्टो कार्लोसको आगमनले नेपालको प्रचार अन्तराष्ट्रिय स्तरसम्म हुन सहयोग पुग्यो। नेपाल सुपर लिगका लागि उनलाई नेपाल ल्याइएको थियो। 

आर्थिक क्षेत्रमा यो वर्ष उल्लेख्य रहेन। त्यसै पनि शिथिल निजी क्षेत्र जेन-जी आन्दोलनले झन् थलियो। यसै वर्ष राष्ट्र बैंकको नयाँ गभर्नरमा विश्व पौडेल नियुक्त भए ।

यही वर्ष मधेस खडेरीले आक्रान्त बन्यो। धानले हरियाली हुनुपर्ने खेतहरुमा धाँजा फाटे।

उता रसुवमा बाढीले वितण्डा मच्चाउँदा चीनसँगको नाका लामो समय बन्द हुन पुग्यो। सयौं गाडी बाढीमा बगे, पुरिए।


मनोरञ्जन क्षेत्रको कुरा गर्ने हो भने भारतबाट आएका नोरा फतेही, सञ्जय दत्त, सोनु निगम लगायतले काठमाडौं तताए।

उता इजरायलमा हमासको आक्रमणमा परी विपिन जोशीले ज्यान गुमाए। उनको शव नेपाल ल्याएर राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरियो। (आर्काइभ नेपाल फोटो लाइब्रेरी)

flashback-2082-archieve- (2).jpg
flashback-2082-archieve- (3).jpg
flashback-2082-archieve- (4).jpg
flashback-2082-archieve- (5).jpg
flashback-2082-archieve- (6).jpg
flashback-2082-archieve- (7).jpg
flashback-2082-archieve- (8).jpg
flashback-2082-archieve- (9).jpg
flashback-2082-archieve- (10).jpg
flashback-2082-archieve- (11).jpg
flashback-2082-archieve- (12).jpg
flashback-2082-archieve- (13).jpg
flashback-2082-archieve- (14).jpg
flashback-2082-archieve- (15).jpg
flashback-2082-archieve- (16).jpg
flashback-2082-archieve- (17).jpg
flashback-2082-archieve- (18).jpg
flashback-2082-archieve- (19).jpg
flashback-2082-archieve- (20).jpg
flashback-2082-archieve- (21).jpg
flashback-2082-archieve- (1).jpg
flashback-2082-archieve- (22).jpg
flashback-2082-archieve- (24).jpg
flashback-2082-archieve- (25).jpg
flashback-2082-archieve- (26).jpg
flashback-2082-archieve- (27).jpg
flashback-2082-archieve- (28).jpg
flashback-2082-archieve- (29).jpg
flashback-2082-archieve- (30).jpg
flashback-2082-archieve- (31).jpg
flashback-2082-archieve- (32).jpg
flashback-2082-archieve- (33).jpg
flashback-2082-archieve- (34).jpg
flashback-2082-archieve- (35).jpg
flashback-2082-archieve- (36).jpg
flashback-2082-archieve- (38).jpg
flashback-2082-archieve- (39).jpg
flashback-2082-archieve- (40).jpg
flashback-2082-archieve- (37).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ