arrow

मनाइयो राष्ट्रिय पोशाक र टोपी दिवस [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १७ बिहिबार
topi-diwas-2082-9-17 (3).jpeg

काठमाडौँ । आज जनवरी १, सन् २०२६ का दिन राष्ट्रिय पोशाक र टोपी दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइएको छ । 

यस वर्ष ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ १३औँ राष्ट्रिय पोशाक र टोपी दिवस विभिन्न युवा संस्थाहरूको आयोजनामा काठमाडौँको वसन्तपुरमा मनाइयो । 

कार्यक्रममा सहभागीहरूले नेपाली दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोली लगाएर नाचगान गर्दै एक–अर्काबीच शुभकामना आदान–प्रदान गरेका छन्।

नेपाली पहिचानका प्रतीक दौरा–सुरुवाल, ढाका टोपी र गुन्यु–चोलीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि।सं। २०७० देखि शुुरू गरिएको यो अभियान हरेक वर्ष जनवरी १ तारिखमा मनाइँदै आएको छ। 

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यसको व्यापक प्रचार–प्रसार भइरहेको छ।

topi-diwas-2082-9-17 (1).jpg
topi-diwas-2082-9-17 (2).jpg
topi-diwas-2082-9-17 (3).jpg
topi-diwas-2082-9-17 (3).jpeg
topi-diwas-2082-9-17 (4).jpeg
topi-diwas-2082-9-17 (5).jpeg
topi-diwas-2082-9-17 (6).jpeg
topi-diwas-2082-9-17 (7).jpeg
topi-diwas-2082-9-17 (8).jpeg
topi-diwas-2082-9-17 (9).jpeg
topi-diwas-2082-9-17 (10).jpeg
topi-diwas-2082-9-17 (1).jpeg
topi-diwas-2082-9-17 (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ