arrow

नयाँ वर्ष मनाउन परराष्ट्रमन्त्री, १५ देशका राजदूतसहित ४५ उच्च अधिकारी कन्याममा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३१ आइतबार
kanyam-delegates-81-12-31.jpg

इलाम । नयाँ वर्षको अवसरमा परराष्ट्र मन्त्री डा आरजू राणा देउवासहित नेपालका लागि विभिन्न देशका १५ राजदूत कन्याम आइपुगेका छन् ।  

परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमणअन्तर्गत उनीहरु आइतबार अपराह्न  कन्याम आइपुगेका हुन् । 

परराष्ट्रमन्त्री डा देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालयका सचिव अमृत राईसहितका कर्मचारी, बोर्डका कर्मचारी, १५ देशका राजदूतलागयत ४५ जना उच्च अधिकारीले कन्याम भ्रमण गरेका हुन् । टोलीलाई नगरपालिकाले कन्यामम स्वागत गरेर वडा नं ४ स्थित श्रीअन्तु पुर्याएको छ । अतिथिलाई कन्याममा पञ्चेबाजाले स्वागत गरिएको थियो । 

परराष्ट्र मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत राजदूतलाई मुलुकका पर्यटकीय गन्तव्यको भ्रमण गराएको हो । 

प्रतिनिधि मण्डलमा इजिप्ट, दक्षिण कोरिया, यूके, स्वीट्जरल्याण्ड, थाइल्याण्ड, अष्टे«लिया, फ्रान्स, इजरायल, जापानका राजदूत छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ