नेपाल-भारतबीच राजनीतिक रूपमा राम्रो सम्बन्ध छ - उपप्रधानमन्त्री सिंह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २९ शुक्रबार
676
Shares
काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल-भारतबीच राजनीतिक रूपमा पनि राम्रो सम्बन्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल र भारतबीच सांस्कृतिक मात्र नभई राजनीतिक रूपमा पनि गहिरो सम्बन्ध रहेको बताए ।
नेपाली कांग्रेसका संस्थापक नेताहरू, बीपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएर बस्नुपरेकाले नेपाल र भारतबीचको राजनीतिक सम्बन्ध महत्त्वपूर्ण रहेको बताए । उनले धार्मिक, सांस्कृतिक पक्षबाट नेपाल र भारतबीचको सम्बन्ध झनै प्रगाढ बनेको बताए । उनले नेपाल र भारतमा सबैभन्दा हिन्दु धर्मावलम्वीहरु भएकाले पनि सम्बन्ध बिस्तार भएको र बुद्ध धर्मका कारण पनि नेपाल र भारतबीचको सम्बन्ध उचाइमा पुगेको उल्लेख गरे ।
उपप्रधानमन्त्री सिंहले भने, ‘हाम्रो छिमेकी मुलुक भारत खास गरी धार्मिक, सांस्कृतिक पक्षबाट मात्रै नभइकन, राजनीतिक क्षेत्रमा पनि हाम्रो सम्बन्ध रहेको कुरा तपाईँ हामी सबैले बुझेकै कुरा हो । अब नेपालको र भारतको खास गरेर मेजेरिटी हिन्दु नै भएको कारणले गर्दा खेरी हिन्दुहरूको मात्रै नभइकन बुद्धिजीको पनि गौतम बुद्ध लुम्बिनीमा जन्मिए । पछि गएर प्रवचन गर्दा ज्ञान प्राप्त गरिसकेपछि उन गयादेखि सारनाथमा गएर प्रवचन गर्नुभएको कारणले बुद्धिजीको पनि नेपाल र भारतको धर्मको आधारमा हेर्ने हो भने हिन्दु र बुद्धिजीको पनि त्यत्तिकै म्हत्व रहेको छ । हाम्रो विवाहबारी पनि भारत र नेपालबीच हुने गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेताहरू, बिपी कोइराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहले नेपालको प्रजातान्त्रिक मुभमेण्टमा पनि भारतमै गएको ।’
उपप्रधानमन्त्री सिंहले नेपाल र भारत बीचको सम्बन्ध बिस्तारका लागि बनारसले शिक्षाको क्षेत्रमा पनि महत्त्वपूर्ण भूमिका खेलेको बताए । राजनीतिक रूपमा पनि नेताहरू प्रजातान्त्रिक आन्दोलन लगायतमा भारतमा बस्ने गरेको बताए ।