कांग्रेस गुल्मीको जिल्ला सम्मेलन आज, महामन्त्रीद्धयसँगै नेताहरु आउँदै
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
829
Shares
तम्घास । नेपाली कांग्रेस गुल्मीको आज तम्घासमा हुने तेस्रो जिल्ला सम्मेलनमा पार्टीका केन्द्रीय प्रभावशाली तथा लोकप्रिय नेताहरुको सहभागीता हुने भएको छ ।
पार्टीका महामन्त्रीद्धय गगनकुमार थापा तथा विश्वप्रकाश शर्मा र प्रभावशाली नेता तथा केन्द्रीय सदस्यहरु डा चन्द्रकान्त भण्डारी, डा मिनेन्द्र रिजाल, अजयबाबु शिवाकोटी लगायतका नेता आउने तय भएको कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले जानकारी दिए ।
केन्द्रीय प्रभावशाली नेताहरु आउने भएपछि जिल्लावासीमा उत्साह देखिएको र उद्घाटन सत्रमा कांग्रेससहित अन्य पार्टीका नेता कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्लेख्य सहभागीता हुने अपेक्षा गरिएको उनको भनाइ छ ।
दुई दिन चल्ने सम्मेलन अन्तर्गत पहिलो दिन उद्घाटन सत्र हुने र दोस्रो दिन बन्दसत्र हुने पार्टीका जिल्ला सचिव जगदीश भट्टराईले जानकारी दिए । सम्मेलनको बन्दसत्रमा पार्टीको नीति, कार्यक्रम र गतिविधिहरुको व्यापक समिक्षा गर्दै भावी कार्य योजना पनि बनाइने सचिव भट्टराईले बताए ।
जिल्ला सम्मेलन पूर्व गुल्मी मातहतका सबै तहका सम्मलेन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।
उद्घाटन कार्यक्रम मध्यान्ह १२ बजेदेखि शुरु हुनेछ ।