arrow

कांग्रेस बाँकेको तेस्रो सम्मेलन शनिबार, विश्वप्रकाश प्रमुख अतिथि

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ चैत २६ मंगलबार
congress-banke-chait30.jpg

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलन यही चैत ३० गते नेपालगञ्जमा हुँदैछ । नेपालगञ्जको भवानियापुरस्थित सिटी हलमा हुने जिल्ला सम्मेलनको प्रमुख अतिथिका रुपमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

सम्मेलनमा विशिष्ट अतिथि सहमहामन्त्री किशोर सिंह राठौर, अतिथिहरु केन्द्रीय सदस्य दिपक गिरी, गोपाल दहित, डा। गोविन्द पोखरेल, मैकुलाल बाल्मिकी, सञ्जय गौतम, लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्ग, राष्ट्रिय सभा सदस्य युवराज शर्मा लगायतका नेता गणहरु सहभागी हुने बताइएको छ ।  


सम्मेलनमा बार्षिक नीति तथा कार्यक्रम र सांगठानिक तथा आर्थिक प्रतिवेदन प्रतिवेदन प्रस्तुत हुनेछ । नीति तथा कार्यक्रम पार्टी सभापति नारायण प्रसाद गौडेल, सांगठानिक प्रतिवेदन सचिव सुधांशु कोइराला र आर्थिक प्रतिवेदन कोषाध्यक्ष यज्ञ बहादुर बस्नेतले प्रस्तुत गर्नेछन् । 

यसअघि गत चैत १५ गते बसेको नेपाली कांग्रेस बाँकेको कार्यसमिति बैठकले जिल्ला सम्मेलनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम तथा सांगठानिक र आर्थिक प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको थियो ।

सभापति गौडेलका अनुसार जिल्ला सम्मेलनमा प्रस्तुत हुने उक्त प्रतिवेदनहरु संशोधनसहित पास भएपछि त्यसले आधिकारिकता मान्यता पाउनेछ । 

जिल्ला सम्मेलनमा प्रस्तुत हुने नेपाली कांग्रेस बाँकेको नीति तथा कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, सामाजिक तथा विकास निर्माण, सम्मान, सूचना, सम्पर्क, समन्वय र प्रचारप्रसार, आर्थिक व्यवस्थापन, निर्माणाधीन सुशील कोइराला स्मृति भवन लगायतका गहन तथा महत्वपूर्ण विषयहरु समेटिएका छन् । 

त्यस्तै जिल्ला सम्मेलनमा सचिव कोइरालाद्वारा प्रस्तुत गरिने सांगठानिक प्रतिवेदनमा सदस्यता वितरण, नविकरण, भ्रातृ संस्थाहरुको उचित व्यवस्थापन तथा परिचालन लगायतका एजेण्डा समेटिएका छन् । यसैगरी जिल्ला सम्मेलनमा कोषाध्यक्ष बस्नेतले २०८१ साउन १ गतेदेखि २०८१ चैत १२ गतेसम्मको आय९व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । 

जिल्ला सम्मेलनलाई व्यवस्थितरुपमा सम्पन्न गर्न पदाधिकारी तथा सदस्यहरुको संयोजकत्वमा विभिन्न उपसमितिहरु समेत निर्माण गरिएका छन्। तीन उपसमितिहरुले आफूले पाएको जिम्मेवारी अनुसार धमाधम काम गरिरहेको सभापति गौडेलले बताए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ