नेपाललाई हिन्दू राष्ट्र बनाउन आवश्यक - दीपक गिरी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
887
Shares
काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दू राष्ट्र बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दू राष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बोरामा बन्द गरी राखिएको बताए ।
उनले नेपालमा ८० प्रतिशतभन्दा बढी नागरिकले हिन्दू राष्ट्रको पक्षमा राय दिएको भए पनि चलखेल गरिएको उनको आरोप छ ।
उनले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त । त्यति बेला ८० प्रतिशतमाथि जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेको थियो । कसैले हिन्दू राष्ट्रलाई हटाउ भनेको अवस्था थिएन । संसारभरी एउटा हिन्दू राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ती अभिलेख र रायहरू हेरियोस् न । नेपालमा हिन्दू राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’