arrow

मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने राजावादीहरूको मानसिकता देखियो [भिडियो]

पूर्वराजा संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्‍यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
mahat-prakashsaran.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले राजावादीहरूको प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन योग्य नरहेको स्पष्ट भएको बताएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका महतले प्रदर्शनमा देखिएको अराजकताले पूर्वराजा शाहले निरङ्कुश राजा बन्न चाहेको आफूहरूको निष्कर्ष भएको बताए ।

उनले राजावादी समूहहरूको प्रदर्शनका क्रममा उनीहरूलाई जनताको भावनासँग कुनै सरोकार समेत नरहेको देखिएको बताए । उनले राजावादीहरू मुलुकलाई जबरजस्ती कब्जा गर्ने मानसिकतामा रहेको उल्लेख गर्दै निजी सम्पत्तिमा क्षति पुर्‍याउने र उत्तेजना फैलाउनेलाई सरकारले कारबाही गर्ने बताए । 

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न चाहन्छन् भन्ने पनि राजावादीको आन्दोलनले ठाडै अस्वीकार गर्‍यो । जुन खालको प्रवृत्ति, क्रियाकलाप र अराजकता देखियो त्यसबाट उनको लक्ष्य भनेको निरङ्कुश राजा नै हुने हो भन्ने निष्कर्ष हाम्रो छ । मुलुक जबरजस्ती कब्जा गर्ने हो भन्ने मानसिकता देखियो । जो त्यो घटनामा संलग्न छन्, तोडफोड गरेका छन्, निजी सम्पत्तिमा क्षति पुर्‍याएका छन् र जसले उत्तेजना फैलाएको छ तिनीहरूलाई त सरकारले तथ्य र प्रमाणका आधारमा कारबाही गर्ला ।’
लोकतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था भएको कारण लोकतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन नसक्ने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ