arrow

कांग्रेसकाे निष्कर्ष - शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १७ आइतबार
congress-party-office-final.jpg

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ । 

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा शुक्रबार काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकले हिसांत्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो ।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए । 

उनले आक्रमण गर्ने स्थान नै घोषणा गरेर तोडफोड र अराजकता सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने सम्बन्धमा छलफल भएको बताए । 

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिलाई अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ