arrow

गणतन्त्रवादीको जनप्रदर्शन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
samajbadi-birodh1.jpg

काठमाडौँ। समाजवादी मोर्चाले आज काठमाडौँमा जनप्रदर्शन आयोजना गरेको छ। भृकुटीमण्डपको सडक अवरुद्ध गरेर गरिएको प्रदर्शनमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरेका छन्।

प्रदर्शनकारीहरूले देशको समसामयिक राजनीति, संविधान कार्यान्वयन र सामाजिक न्यायका मुद्दाहरूलाई उठान गर्दै नाराबाजी गरेका थिए। मोर्चाले शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शनमा व्यवस्था सुधार र आर्थिक समृद्धिको अभियानमा एकजुट हुनुपर्ने आवश्यकता औँल्याएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रदर्शनलाई सम्बोधन गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ