arrow

अपाङ्ग संघमा माधव चम्लागाईंको जित पक्का

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
madhavprasad-chamlagai-pp.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं विजयी भएका छन् । खसेका ४७० मतमध्ये तीन सय मत गनिसक्दा नै उनको जित सुनिश्चित भएको हो । 

एकतर्फी मत पाएका चम्लागाईँले २२३ मत प्राप्त गरिसकेका छन् । उनका निकटतम प्रतिस्पर्धी विकास थापाले ५४ तथा कल्पना खड्काले १० मत ल्याएकी छिन् । 

अब बाँकी सबै मत कुनै अन्य उम्मेदवारले ल्याए पनि चम्लागाईं विजयी भइसकेका छन् । 

यसअघि शनिबार राति ८ बजे सकिएको मतदानको मतगणना बिना कारण रोकिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणना गर्न निर्देशन दिएसँगै सोमबार बिहान मतगणना शुरु भएको हो । 

अध्यक्ष पदमा माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार छन् । महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ । बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।

यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् । 

खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेका हुन् । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट चलेको दुई दिने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

८९२ मतदातामध्ये ४७० मत खसेको थियो  । मतदानलाई असर पार्न र मतदातालाई प्रभावित गर्न कतिपय जिम्मेवार संघका नेताहरुले आफ्नै पार्टीको बीपी स्मृति भवनमै भौतिक संरचना तोडफोड गर्न उत्रेका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ