arrow

अपांगता भएका व्यक्तिको लागि काम गर्न गगन थापाको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २१ बिहिबार
madhav-chamlagai-gagan-thap.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नवनिर्वाचित राष्ट्रिय लोकतान्त्रिक अपांग संघको कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका छन् । 

बिहीबार अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंसँगै उनको टिमलाई भेटेर महामन्त्री थापाले बधाई तथा शुभकामना दिएका हुन् ।

सो क्रममा उनले स्थानीय तहदेखि संघीय तहसम्म अपांगता भएका व्यक्तिको लागि काम गर्न निर्देशनसमेत दिएका छन् । 

त्यस्तै महामन्त्री थापाले अपांगता भएको व्यक्तिलाई राजनैतिक अधिकार दिलाउन विधान संशोधनमा छुटेको कुरा पार्टीले समेट्ने प्रतिबद्धता व्यक्त गरे । 

उनले विधि र विधानमा रहेर काम गर्न निर्देशनसमेत दिएका छन् । 

महामन्त्री थापाको निर्देशनपछि अध्यक्ष चम्लागाईंले आफू अहिलेसम्म अपांगता भएकाहरुको हकहितका लागि कानून निर्माणको सवालमा सक्रिय भएको बताउँदै अब उनीहरुको अधिकार कार्यान्वयनका लागि निरन्तर खटिने वाचा गरे । 

कार्यक्रममा अध्यक्ष चम्लागाईं,  उपाध्यक्ष उदयबहादुर लिम्बू र अनिता घिमिरे, राष्ट्रिय सभाका सांसद पदम परियार र निवर्तमान अध्यक्ष प्रकाश पन्थ लगायतको उपस्थित रहेको थियो ।

लोकप्रिय मतसहित चम्लागाईं भएका थिए अध्यक्ष
नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा चम्लागाईं लोकप्रिय मतसहित विजयी भएका हुन् । गत चैत ९ गते भएको निर्वाचन र ११ गते भएको मतगणनामा खसेको ४७० मतमध्ये ४५२ मत सदर हुँदा चम्लागाईं एक्लैले ३५१ मत ल्याएर विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी विकास थापाले ८८ मत ल्याउँदा कल्पना खड्काले १३ मतमात्रै ल्याइन् । मतदातामाझ लोकप्रिय चम्लागाईं अपाङ्गता भएकाहरुको हकहितका लागि शुरुआतदेखि नै लड्दै आएका छन् । सञ्चारकर्मीसमेत रहेका उनले सञ्चारकर्मका क्षेत्रबाटसमेत अपाङ्गता भएकाहरुको हकहितमा लड्दै आए । 

सो क्रममा उनी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा नेपाल प्रेस युनियनका पनि केन्द्रीय सदस्य रहे । युवा कांग्रेसमा लोकप्रिय देखिएका उनी कांग्रेसको १४ औँ महाधिवेशनका केन्द्रीय सदस्यका उम्मेदवारसमेत हुन् । 

चम्लागाईंले संविधानको हकको प्रयोग गर्दै अपाङ्गता भएका व्यक्तिहरुले पनि सगरमाथा आरोहण गर्न पाउनु पर्छ भन्ने माग राखेर मुद्दा हालेसँगै मुद्दा जितेर दृष्टिविहीनलाई सगरमाथा पुर्याउन ठूलो योगदान दिए । 

उनले संविधानमा अपाङ्गता भएकाहरुको हकहितका लागि बुँदाहरु समेट्न अहम् भूमिका खेलेका थिए । अपाङ्ग संघको अध्यक्ष भएपछि नै उनले आफूले निरन्तर अपाङ्गता भएकाहरुको हकहितका लागि अझ सशक्त भएर लड्न उत्प्रेरणा मिलेको बताएका छन् । 

उनी अहिलेसम्म छायाँमा रहेर काम गर्दै आए पनि अब भने पदीय रुपले नै जिम्मेवारीमा आएका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ